25 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो; 26 कि उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकून्, 27 र प्रतापी मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु प्रस्तुत गराऊन्, जसमा कुनै दाग वा चाउरी वा यस्तै अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।
Publicidade
Publicidade