6 उहाँ स्वभावमा परमेश्वर भएर पनि
परमेश्वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन;
7 तर आफैँलाई रित्त्याईकन
एउटा सेवकको रूप लिएर
मानिसको प्रतिरूपमा बनिनुभयो।
8 अनि स्वरूपमा मानिसजस्तै भएर,
उहाँले आफैँलाई नम्र तुल्याउनुभयो,
र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै
आज्ञाकारी हुनुभयो।