9 त्यसैकारण परमेश्वरले उहाँलाई सर्वोच्च स्थानसम्म उच्च पार्नुभयो,
र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्च छ,
10 यसकारणले कि स्वर्गमा, पृथ्वीमा र पृथ्वीमुनि भएका,
हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ;
11 अनि परमेश्वर पिताको महिमाको निम्ति,
हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।