12 मैले यी सबै कुरा प्राप्त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। 13 दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; 14 म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ।
पावलको अनुकरण गर्नु
15 यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्वरले तिमीहरूलाई स्पष्ट पारिदिनुहुनेछ।