13 दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; 14 म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्वरले ख्रीष्ट येशूमा मलाई बोलाउनुभएको छ।