20 तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ। 21 उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि ती उहाँको महिमित शरीरजस्तै हुनेछन्।