हागार र इश्माएल
1 अब्रामकी पत्नी साराईले तिनका निम्ति कुनै सन्तान जन्माइनन्। तर तिनकी हागार नाम भएकी एउटी इजिप्टियन दासी थिइन्; 2 अनि साराईले अब्रामलाई भनिन्, "याहवेहले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण जानुहोस्, मेरी दासीसित सुत्नुहोस्; सायद त्यसबाट मेरो लागि सन्तान पाउन सक्छु कि।"
साराईले जे भनिन्, त्यस कुरामा अब्राम सहमत भए। 3 यसरी अब्राम कनानमा दश वर्ष बसेपछि तिनकी पत्नी साराईले आफ्नी इजिप्टियन दासी हागारलाई आफ्ना पतिका निम्ति पत्नी हुनलाई दिइन्।