10 उहाँहरूमध्ये एक जनाले भने, "निश्चय नै म आउँदो वर्ष यसै समयमा तिमीकहाँ फर्किआउनेछु; तब तिम्री पत्नी साराको साथमा एउटा छोरा हुनेछ।"
अब साराले चाहिँ यो कुरा अब्राहामको पछिल्तिर भएको पालको प्रवेशद्वारबाट सुनिरहेकी थिइन्। 11 अब्राहाम र सारा निकै बुढाबुढी भइसकेका थिए; अनि साराको बच्चा जन्माउने उमेर पनि कटिसकेको थियो। 12 यसकारण सारा मनमनै हाँसिन् र भनिन्, "म बुढी भइसकेकी छु, र मेरा पति पनि वृद्ध भइसक्नुभएको छ; अब के मलाई साँच्चै यो सुख प्राप्त होला?"