16 अनि याहवेह परमेश्वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, "यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्; 17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस्।"
Publicidade