9 ए यहूदा, तँ सिंहको डमरुजस्तै छस्;
मेरो छोरा, तँ शिकारबाट फर्कन्छस्।
त्यो सिंहझैँ झुक्दछ,
सिंहनीझैँ आराम गर्न लमतन्न पर्दछ—कसले उसलाई जगाउने आँट गर्ला?
10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन,
न त शासकको लहुरो त्यसका खुट्टाहरूका बीचबाट49:10 अथवा तिनका सन्तानहरूबाट। हट्नेछ,
जबसम्म यी जसका हुन्, ती आउँदैनन्,
अनि जातिहरू उहाँमा आज्ञाकारी बन्नेछन्।