13 यसकारण परमेश्वरले नोआलाई भन्नुभयो, "म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्चय नै तिनीहरू र पृथ्वीलाई नष्ट गर्दैछु। 14 यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। 15 तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अल्गो6:15 लगभग 450 फिट लामो, 75 फिट चौडा र 45 फिट अग्लो होस्। 16 त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट6:16 लगभग 18 इन्च खुल्ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्लो, बीचको र माथिल्लो तला भएको बनाउनू।
Publicidade