15 तब मैले तिमीहरूसित र हरेक किसिमका जीवित प्राणीहरूसित बाँधेको मेरो करार सम्झनेछु। अब उसो सम्पूर्ण जीवित थोक नष्ट गर्ने पानीको जलप्रलय कहिल्यै हुनेछैन। 16 जब बादलमा इन्द्रेणी देखा पर्नेछ, तब परमेश्वर र पृथ्वीमा भएका हरेक किसिमका सबै जीवित प्राणीहरूसित गरिएको यो अनन्तको करारलाई म सम्झनेछु।"
Publicidade