8 तब परमेश्वरले नोआ र तिनीसँग भएका छोराहरूलाई भन्नुभयो: 9 "अब म तिमीहरूसँग र तिमीहरू पछिका सन्तानहरूसँग मेरो करार स्थापित गर्नेछु; 10 अनि तिमीहरूसित भएको प्रत्येक जीवित प्राणीसित पनि—चाहे त्यो चराचुरुङ्गी होस्, चाहे घरपालुवा वा जङ्गली जनावर होस्; तिमीहरूसित जहाजबाट बाहिर निस्किआएका सबैसित—पृथ्वीका प्रत्येक जीवित प्राणीहरूसित। 11 म तिमीहरूसित मेरो करार स्थापित गर्नेछु: अब उसो सबै जीवित थोकहरू जलप्रलयको पानीले नाश हुनेछैनन्; पृथ्वीलाई नष्ट पार्ने जलप्रलय फेरि हुनेछैन।"
Publicidade
Publicidade