1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे। 2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:
"मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ,
र उहाँले मलाई जवाफ दिनुभयो।
मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ;
अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो।