41 तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, "हामीले मसीह अर्थात् ख्रीष्टलाई1:41 यहूदीहरूले उत्सुकताका साथ परमेश्वरका अभिषिक्त जनलाई पर्खिरहेका थिए, जसले बन्धनबाट छुटकारा दिनुहुन्छ। भेट्टाएका छौँ।" 42 अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए।
येशूले तिनलाई हेर्नुभयो र भन्नुभयो, "तिमी यूहन्नाका छोरा सिमोन हौ। तिमी केफास (जसको अर्थ हो, पत्रुस अथवा चट्टान) भनिनेछौ।"