यरूशलेममा येशूको विजयी प्रवेश
12 भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने। 13 तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए।
"होसन्ना!"12:13 हिब्रू अभिव्यक्ति "बचाउनुहोस्" प्रशंसाको नारा बन्यो।
"उहाँ जो प्रभुको नाममा आउनुहुन्छ, धन्य हुनुहुन्छ!"12:13 भजन 118:25, 26
"इस्राएलका राजा धन्यका हुन्!"
14 त्यहाँ येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो, र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
15 "ए यरूशलेमका मानिसहरू हो, नडराओ,12:15 मूल भाषामा सियोनकी छोरी
हेर, तिम्रा राजा,
गधाको बछेडामाथि सवार हुनुभएर आउँदैहुनुहुन्छ।"12:15 जक 9:9
16 त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्। तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
17 अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे। 18 यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। 19 त्यसकारण फरिसीहरूले आपसमा भने, "हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!"