येशूले चेलाहरूलाई सान्त्वना दिनुभएको
1 "तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, र ममाथि पनि विश्वास राख। 2 मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो हो त म त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ। 3 म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु, त्यहाँ तिमीहरू पनि सधैँ मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु।