4 फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, "हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।" 5 जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, "हेर! यो मान्छेलाई!"
6 उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, "त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!"
तर पिलातसले भने, "तिमीहरूले नै यिनलाई क्रूसमा टाँग; किनकि म त यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।"