14 तब यसो भनेर तिनले पछि फर्केर हेरिन्, र येशूलाई उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनेर चाहिँ चिनिनन्।
15 "हे नारी! तिमी किन रुँदैछ्यौ?" उहाँले तिनलाई सोध्नुभयो, "तिमी कसलाई खोज्दैछ्यौ?"
तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, "हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।"
16 येशूले तिनलाई भन्नुभयो, "मरियम!"
तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, "रब्बोनी!" (जसको अर्थ हो, गुरुज्यू)।