18 जसले उहाँमाथि विश्वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्वास गर्दैन, त्यो अगिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्वरका अद्वितीय पुत्रको नाममा विश्वास गरेको छैन। 19 फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए।
Publicidade