19 फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए। किनकि तिनीहरूका कामहरू खराब थिए। 20 हरेक जसले दुष्ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ। अनि त्यसका कामहरू प्रकट होलान् भन्ने डरले त्यो ज्योतिमा आउँदैन। 21 तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्वरद्वारा गरिएका हुन् भन्ने कुरा स्पष्ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।
Publicidade