31 यसै समयमा उहाँका चेलाहरूले उहाँलाई "गुरुज्यू, केही भोजन गर्नुहोस्" भनी बिन्ती गरे।
32 तर उहाँले तिनीहरूलाई भन्नुभयो, "मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।"
33 त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, "कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?"
34 येशूले भन्नुभयो, "मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।