24 "म तिमीहरूलाई साँच्चै भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ, र त्यो दोषी ठहराइने छैन। तर त्यो मृत्युबाट जीवनमा प्रवेश गरिसकेको हुन्छ। 25 म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
Publicidade
Publicidade