34 जब यिप्ता आफ्नो घर मिस्पामा फर्के, तब तिनलाई भेट्न तिनकी छोरी खैँजडीको धुनमा नाच्दै आइन्! तिनी उनकी एउटै सन्तान थिइन्। तिनीबाहेक उनका अरू छोराछोरी थिएनन्। 35 जब यिप्ताले तिनलाई देखे, तब आफ्नो लुगा च्यातेर कराए, "अहो, मेरी छोरी! तिमीले त मलाई दुःखी बनायौ र बरबाद पार्यौ; किनकि याहवेहमा गरेको भाकल म तोड्न सक्दिनँ।"