एहूद
12 फेरि पनि इस्राएलीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। अनि तिनीहरूले त्यस्तो दुष्टता गरेको कारण याहवेहले मोआबको राजा एग्लोनलाई इस्राएलमाथि अख्तियार दिनुभयो। 13 अम्मोनीहरू र अमालेकीहरूलाई आफूसित मिलाएर एग्लोनले आएर इस्राएलमाथि आक्रमण गरे, र खजूरहरूका सहरमाथि3:13 योचाहिँ यरीयो थियो। अधिकार गरे।