मरियमको स्तुतिगान
46 अनि मरियमले भनिन्:
"मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48 किनकि उहाँले आफ्नी सेविकाको दुःखद्
अवस्थालाई विचार गर्नुभएको छ;
अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्,
49 किनकि सर्वशक्तिमान्ले मेरा निम्ति महान् काम गर्नुभएको छ:
उहाँको नाम पवित्र होस्।