11 "तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? 12 अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? 13 यसरी तिमीहरू यति दुष्ट भईकन त आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ!"