परमेश्वरको राज्यको आगमन
20 फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, "परमेश्वरको राज्य तिमीहरूले देखिने गरी आउँदैन, 21 न त मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्। किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।"