48 जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, "छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौँ।"
49 उहाँले भन्नुभयो, "तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?" 50 तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।
51 त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।