8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। 9 त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ प्रकट भए, र प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। 10 तर स्वर्गदूतले तिनीहरूलाई भने, "नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका लागि हुनेछ।