बिउ छर्नेको दृष्टान्त
1 त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए। 2 दुष्ट आत्मा र रोगहरूबाट निको भएका कतिपय स्त्रीहरू पनि उहाँसँगै थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा दुष्ट आत्माहरू निस्केका थिए; 3 हेरोदका कामदार कुजाकी पत्नी योअन्ना थिइन्। साथै सुसन्ना र अरू धेरै स्त्रीहरू थिए, जसले आफूसँग जे छ, त्यसबाट उहाँको सेवामा सहायता गर्थे।