41 तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे। 42 किनभने तिनकी एउटै मात्र छोरी, जो लगभग बाह्र वर्षकी थिई, ऊ मर्न लागेकी थिई।
येशू त्यहाँ जाँदै गर्नुहुँदा भीडहरूले उहाँलाई घचेटिरहेका थिए।