35 " ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्। 36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्वरको डर मान्नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
Publicidade
Publicidade