येशू र साना बालबालिका
13 मानिसहरूले साना बालबालिकाहरूलाई येशूले तिनीहरूलाई छोइदेऊन् भनेर उहाँकहाँ ल्याउँदैथिए; तर चेलाहरूले तिनीहरूलाई हप्काए। 14 यस्तो देखेर येशू रिसाउँदै तिनीहरूलाई भन्नुभयो, "साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक; किनकि परमेश्वरको राज्य यस्तैहरूका लागि हो।