4 तिनीहरूले भने, "मोशाले मानिसलाई एउटा त्यागपत्र लेखेर आफ्नी पत्नीलाई छोड्ने अनुमति दिएका छन्।"
5 येशूले जवाफ दिनुभयो, "मोशाले तिमीहरूलाई यो व्यवस्था तिमीहरूको हृदयको कठोरताको कारणले गर्दा दिएका हुन्, 6 तर सृष्टिको आरम्भमा परमेश्वरले ‘तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो।’ 7 ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, 8 अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। 9 यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्याओस्।"