न्याय र करारको नवीकरण
1 "त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्," सेनाहरूका याहवेह भन्नुहुन्छ। "तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। 2 तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ।