11 म तिमीहरूलाई साँच्चै भन्दछु, स्त्रीहरूबाट जन्मनेहरूमा बप्तिस्मा दिने यूहन्नाभन्दा महान् अरू कोही छैन; तापनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा पनि महान् हुनेछ। 12 बप्तिस्मा दिने यूहन्नाको समयदेखि अहिलेसम्म स्वर्गको राज्य बलपूर्वक अगि बढिरहेको छ, र जबरजस्ती गर्नेहरूले यसलाई पक्रिराखेका छन्।