पत्रुसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गरेका
13 जब येशू कैसरिया फिलिप्पीका इलाकामा आउनुभयो, तब उहाँले चेलाहरूलाई "मानिसहरूले मानिसको पुत्र को हो भनी भन्छन्?" भनी सोध्नुभयो।
14 तिनीहरूले जवाफ दिए, "कसैले बप्तिस्मा दिने यूहन्ना, कसैले एलिया भन्छन्; अनि कतिले चाहिँ यर्मिया अथवा अगमवक्ताहरूमध्ये एक हुन् भनी भन्छन्।"
15 उहाँले सोध्नुभयो, "तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?"
16 सिमोन पत्रुसले उत्तर दिए, "तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।"