Publicidade

Deuteronômio 33

मोशाले बाह्र कुललाई आशिष् दिएका

1 परमेश्‍वरका जन मोशाले आफ्नो मृत्युभन्दा अगि इस्राएलीहरूलाई दिएका आशीर्वाद यही हो। 2 तिनले भने:

"याहवेह सीनै पर्वतबाट आउनुभयो,

र तिनीहरूमाथि सेइरमा झुल्कनुभयो;

उहाँ पारान पर्वतबाट चम्कनुभयो।

उहाँको पर्वतको ओरालो,

दक्षिणबाट दशौँ हजार पवित्र जनहरूसँग उहाँ आउनुभयो।

3 निश्‍चय नै तपाईं, जसले मानिसहरूलाई प्रेम गर्नुहुन्छ;

सबै पवित्र जनहरू तपाईंका हातमा छन्।

तिनीहरू सबै तपाईंको पाउमा दण्डवत् गर्नेछन्;

र तपाईंबाट नै अर्तीहरू प्राप्‍त गर्दछन्।

4 याकोबका मानिसहरूका सम्पत्ति भनेको नै

मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्।

5 उहाँ यशूरूनमाथि मा पनि। राजा हुनुहुन्थ्यो,

जब इस्राएलका कुलहरूको साथमा

मानिसहरूका अगुवाहरू भेला भएका थिए।

6 "रूबेन बाँचिरहून्, र कहिल्यै नमरून्;

न त त्यसका मानिसहरू थोरै होऊन्।"

7 अनि यहूदाको बारेमा तिनले यो भने:

"हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्;

त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्;

त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ।

हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!"

8 लेवीको बारेमा तिनले भने:

"तपाईंको तुम्मीम र ऊरीम

तपाईंको विश्‍वासयोग्य सेवकका हुन्।

तपाईंले त्यसलाई मस्साहमा जाँच्नुभयो;

तपाईंले त्यससँग मेरीबाको पानीमा लड्नुभयो।

9 त्यसले आफ्नो बुबा र आमालाई भन्यो,

‘म तिनीहरूको कुनै वास्ता गर्दिनँ।’

त्यसले आफ्ना दाजुभाइहरूलाई चिनेन,

र आफ्नै छोराछोरीहरूलाई स्वीकार गरेन;

तर त्यसले तपाईंको वचनमा ध्यान दियो,

र तपाईंको करारको रक्षा गर्‍यो।

10 त्यसले याकोबलाई तपाईंको विधि

र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ।

त्यसले तपाईंको सामु धूप

र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ।

11 हे याहवेह, त्यसका सबै धनसम्पत्तिहरूमा आशिष् दिनुहोस्,

र त्यसका हातका परिश्रमहरूमा प्रसन्‍न हुनुहोस्।

त्यसको विरुद्धमा उठ्ने शत्रुहरूलाई प्रहार गर्नुहोस्,

र त्यसका शत्रुहरू फेरि कहिल्यै उठ्न नसकून्!"

12 बेन्यामीनको बारेमा तिनले भने:

"याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्;

किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ।

अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।"

13 योसेफको बारेमा तिनले भने:

"याहवेहले त्यसको भूमिलाई

माथि आकाशका बहुमूल्य शीत

र तल रहेको गहिरो पानीले आशिष् दिनुहुन्छ;

14 सूर्यले ल्याउने उत्तम कुराहरूले,

र चन्द्रमाबाट प्राप्‍त हुने अति असल कुराहरूले;

15 प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले,

अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;

16 पृथ्वीका सर्वोत्तम उपहारहरू र त्यसको प्रसस्ताले,

अनि जल्दैगरेको पोथ्रामा बास गर्नुहुनेको कृपाले।

यी सबै योसेफको शिरमाथि,

तिनका दाजुभाइहरूमध्येका राजकुमारको निधारमा रहून्।

17 वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ;

त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्।

ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्‍नेछ;

पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि,

ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्;

मनश्शेका हजारौँ-हजारझैँ छन्।"

18 जबूलूनको बारेमा तिनले भने:

"जबूलून, तँ बाहिर जाँदा आनन्द गर्,

अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।

19 तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्।

र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्।

तिनीहरूले समुद्रका प्रचुरतामा

र बालुवामा लुकेका गुप्‍त धनमा भोज गर्नेछन्।"

20 गादको बारेमा तिनले भने:

"गादको राज्य विस्तार गर्ने जन धन्यको हो!

गादचाहिँ पाखुरा वा शिर चिथोर्ने

सिंहझैँ बस्छ।

21 त्यसले आफ्ना निम्ति सबैभन्दा असल ठाउँ छान्यो;

अगुवाको भाग त्यसका निम्ति राखिएको थियो।

जब मानिसहरूका मुख्य व्यक्तिहरू भेला भए,

तब त्यसले याहवेहका धार्मिक इच्छा

र इस्राएल सम्बन्धी उहाँका नीति-नियमहरू कार्यान्वयन गरायो।"

22 दानको बारेमा तिनले भने:

"दान बाशानबाट उफ्रँदै आउने

सिंहको डमरुजस्तै हो।"

23 नप्‍तालीको बारेमा तिनले भने:

"नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ,

र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ।

त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।"

24 आश्शेरको बारेमा तिनले भने:

छोराहरूमध्ये सबैभन्दा आशिषित चाहिँ आशेर हो;

त्यसका दाजुभाइहरूले त्यसमाथि कृपा देखाऊन्;

र त्यसले आफ्ना पाउ जैतुनको तेलमा चोपोस्।

25 तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्।

अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।

26 यशूरूनका परमेश्‍वरसमान अरू कोही छैन;

जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ।

अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।

27 अनन्तका परमेश्‍वर तेरो शरणस्थान हुनुहुन्छ,

र तलतिर चाहिँ अनन्तका बाहुलीहरू तेरो सहारा छन्।

उहाँले तेरा शत्रुहरूलाई तेरो सामुबाट धपाउनुहुनेछ।

उहाँले भन्‍नुहुन्छ, "तिनीहरूलाई नष्‍ट पार्!"

28 यसकारण इस्राएल सुरक्षित रहनेछ;

याकोबको मूल सुरक्षित रहनेछ;

अन्‍न र नयाँ दाखमद्यको देशमा,

आकाशबाट शीत झर्ने ठाउँमा।

29 हे इस्राएल, तँ धन्यको छस्!

याहवेहद्वारा बचाइएको,

तँजस्तो अरू जाति को छ र?

"उहाँ तेरो ढाल र सहायक,

अनि तेरा महिमित तरवार हुनुहुन्छ।

तेरा शत्रुहरू तेरो सामु डराउनेछन्;

अनि तैँले तिनीहरूका अल्गा स्थानहरू टेक्नेछस्।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-