15 उहाँले सोध्नुभयो, "तर तिमीहरूले नि? तिमीहरूले चाहिँ मलाई को हो भन्छौ त?"
16 सिमोन पत्रुसले उत्तर दिए, "तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरका पुत्र।"
17 येशूले जवाफ दिनुभयो, "योनाका छोरा सिमोन, तिमी धन्य हौ; किनकि यो तिमीलाई मानिसद्वारा होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताद्वारा प्रकट गरिएको हो।