फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार
5 जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। 6 "होसियार!" येशूले तिनीहरूलाई चेतावनी दिनुभयो "फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।"
7 तिनीहरूले आपसमा छलफल गरेर भने, "यो त हामीले रोटी ल्याएनौँ भनेर होला।"
8 तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, "हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? 9 तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? 10 अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? 11 मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।" 12 तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।