यरूशलेममा येशूको विजय प्रवेश
1 उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 2 "तिमीहरूका सामु भएको गाउँमा जाओ, र त्यहाँ पुग्नेबित्तिकै तिमीहरूले एउटा गधा त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। 3 यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।"
4 अगमवक्ताद्वारा यसो भनेर बोलिएको वचन पूरा होस् भनेर यो भएको हो:
5 "यरूशलेमका मानिसहरूलाई21:5 यरूशलेमका मानिसहरूलाई मूल भाषामा सियोनकी छोरी भन,
‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ,
नम्र र गधामाथि सवार हुनुभएर,
बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ "21:5 जक 9:9
6 ती चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। 7 तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्नुभयो। 8 एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। 9 उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए,
"दावीदका पुत्रलाई होसन्ना!"21:9 बचाउनुहोस्
"धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!"
"परमधाममा होसन्ना।"
10 जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्चियो; तब मानिसहरूले सोधे, "यिनी को हुन्?"
11 त्यस भीडले जवाफ दियो, "यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।"