17 तब हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?"
18 येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, "ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? 19 कर तिर्दा प्रयोग गरिने सिक्का मलाई देखाओ।" तिनीहरूले उहाँकहाँ एउटा दिनार ल्याए। 20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, "यो चित्र कसको हो? र यो छाप कसको हो?"
21 "सिजरको," तिनीहरूले जवाफ दिए।
तब उहाँले तिनीहरूलाई भन्नुभयो, "जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।"