29 "ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै,
" ‘सूर्य अँध्यारो हुनेछ,
र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
आकाशबाट ताराहरू खस्नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’24:29 यशै 13:10; 34:4
30 "त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।24:30 हेर्नुहोस् दानि 7:13-14 31 अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।