42 "यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। 43 तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन। 44 यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
Publicidade