रूख र त्यसका फलहरू
15 "झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। 16 तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्?