16 जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो। 17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो:
"उहाँले हाम्रा कमजोरीहरू लिनुभयो,
अनि हाम्रा रोगहरू उठाइलानुभयो।"8:17 यशै 53:4