12 सारा यहूदाका मानिसहरूले अन्न, नयाँ दाखमद्य र जैतुन तेलका दशांशहरू भण्डारमा ल्याए। 13 मैले पुजारी शेलेम्याहलाई, शास्त्री सादोकलाई, र पदायाह नाउँका लेवीलाई भण्डारको जिम्मा दिएँ; अनि हानान जक्कूरका छोरा, मत्तन्याहका नातिलाई तिनीहरूको सहायक बनाएँ; किनकि यी मानिसहरू विश्वासयोग्य थिए। तिनीहरूलाई आफ्ना लेवी दाजुभाइहरूलाई आवश्यक सर-सामान बाँडिदिने जिम्मेवारी दिइएको थियो।
14 हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।