16 किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्वरको शक्ति हो, जसले विश्वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई। 17 किनकि सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: "धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।"1:17 हब 2:4
Publicidade