17 यसैले विश्वास वचनको सुनुवाइबाट आउँछ, र सुनुवाइ ख्रीष्टको वचन प्रचारद्वारा आउँछ। 18 तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्चय नै तिनीहरूले सुनेका छन्:
"तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ,
तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।"10:18 भजन 19:4